दुर्गेश थापा,केशब पौडेल र शिब हमालको एउटै”पुतली रबिना

काठमाडौँ – पछिल्लो समय नेपालि गितासंगितमा केहि फरक र नयाँ धार आउने क्रम जारि रहेका छन् । नेपालि गीतसंगीतका युवा पुस्ताका ढुकढुकी दुर्गेश थापाका हरेक गित उत्तिकै चर्चा चुलिने गरेका छन् । दुर्गेश थापा गीतसंगीतमा चर्चासंगै बिबादमा आउने एक कलाकार पनि हुन् । तर बिबाद आएता पनि दुर्गेश थापा पछी नहट्ने र निरास नहुने कलाकार हुन् । युवा पुस्तालाई मध्येनजर गरेर बढी गीतसंगीतमा रम्ने एक कलाकार हुन् । यहि सन्दर्भमा S3K Entertainmentको प्रस्तुतिमा आएको नेपाली सांगीतिक बजारमा”पुतली”गितमा पनि उत्तिकै दमदार अभिनय रहेको छ । थापा हरेक गीतमा अभिनय गर्न माहिर कलाकार हुन् । यो म्युजिक भिडियोमा रविना भण्डारीको उत्कृष्ट अभिनय रहेको छ ।

यी गीतका अर्का चर्चित सर्जक हुन् शिब हमाल । शिब हमाल पनि नेपालि संगीत जगतका एक दरिलो खम्बा हुन् । बहुप्रतीभा भएका हमाल सवैका प्रिय कलाकार हुन् । हमालले लेखेका हरेक गित उत्तिकै चर्चामा आएका छन् । गित देखि अहिलेसम्मका गित उत्तिकै राम्रा र लोकप्रिय छन् । यो पुतली गीतमा पनि उहाले नै लय स्र्जना गर्नु भएको छ ।

छोटो समयमा नेपालि सांगीतिक जगतमा चर्चामा आएका एक अर्का सर्जक हुन्  ताकी नेपाली गीतसंगीत भने पछी हुरुकै हुने एक सर्जक हुन् केशब पौडेल । पौडेलले नेपालि लोक संगीतको क्षेत्रमा छुट्टै इतिहास लेखाउन सफल भैसकेका छन् । पौडेलको शब्द सृजनामा केहि वर्ष अगाडी बजारमा आएको‘उही खोलीको पानी उही खोलीको माछा’गित सर्वाधिक चर्चामा आयो र छोटो समयमा नै करोड क्लबमा पुगेको थियो । यो गीतमा पनि उहाका शब्द रहेका छन् । उहाले ‘उही खोलीको पानी उही खोलीको माछा’गीतबाट बामे सारे पछी ’गुन्द्रुक मिठो साग’पनि आम दर्शक स्रोताको मन मुटुमा बस्न एक सफल गित हो । “पुतली”गीतमा विक्रम परियार र चर्चित लोकदोहोहोरी गायिका देवि घर्तिमगरको स्वर रहेको छ ।

निर्देशक तथा कोरियोगरफ देबेन्द्र कुवरको निर्देशनमा रहेको उक्त म्युजिक भिडियो नरेश ऐरले छायाकन गर्नु भएको हो भने टेकेन्द्र शाहाले म्युजिक भिडियो सम्पादन गर्नु भएको छ ।  यो म्युजिक भिडियो S3K Entertainment को अफिसियल युटुबबाट सार्बजनिक भएको छ । यो गीतका सम्पूर्ण टिमलाई हार्दिक बधाई । आशा छ यो गीतले पनि बिगतका गीत झैँ चर्चा कमाउने छ ।
हेर्नुहोस भिडियो :

 

    Comment Here!