सशस्त्रको गोलीबाट एकको मृ-त्यु, तीन सशस्त्र प्रहरी र दुईजना घा’इते

काठमाडौँ – अ’वैध रूपमा नेपाल पस्न खोजेका भारतीयलाई रोक्न खोज्दा सर्लाहीको नारायणपुर नाकामा शुक्रबार भएको झ’ड’पमा सशस्त्र प्रहरीको गो’ली लागेर एक भारतीयको मृ-त्यु भएको छ । झ’ड’पमा तीन सशस्त्र प्रहरी र दुई भारतीय घा’इ’ते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।

पर्सा गाउँपालिका–३ स्थित नारायणपुर पोस्टमा सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि बिहान साढे ९ बजेतिर करिब सयको संख्यामा आएका भारतीयले आ’क्रम’ण गरेका थिए । उनीहरूमध्ये अधिकांश सीमावर्ती भारतीय गाउँ टोला–ललबन्दीका व्यापारी थिए । लकडाउनपछि नेपाल–भारत ओहोरदोहोर रोकिएका कारण व्यापारमा समस्या भएको भन्दै उनीहरू जबर्जस्ती नेपाल पस्न खोजेका थिए । भारतबाट दैनिक सामान ल्याएर दिनभरि नेपालमा बेच्ने उनीहरूको व्यापार थियो ।

शुक्रबार सुरुमा २०–२५ जना नेपाल पस्न खोजेका थिए । तर, सशस्त्रले रोकेपछि उनीहरू आ’क्रम’णमा उत्रिए । सशस्त्रको एक थान ह’तियार पनि खो’से । लगत्तै थप ७०–८० जनाको समूह पनि आएर ढुंगा, इँटा र लाठाले आ’क्रम’ण गर्दै ल’खेट्न थालेपछि सशस्त्रको टोलीले भिड तितरबितर पार्न हवाईफायर गरेको थियो । तर, हवाईफायरबाट थप उत्तेजित भि’डले ज्यान जोगाउँदै तीन सय मिटर वर आइसकेको सशस्त्रको टोलीलाई आ’क्रम’ण गर्न नछाडेपछि गोली चलाउनुपरेको सर्लाहीका सिडिओ मोहनबहादुर जिसीले बताए ।

गो’ली लागेर भारत सीतामढी जिल्लाको जानकीनगर टोला–ललबन्दी बस्ने २७ वर्षीय बिकेसकुमार रायको मृ-त्यु भएको भारतीय अधिकारीले बताएका छन् । त्यस्तै, ललबन्दीकै १९ वर्षीय उमेश राम र रोहडवा ग्राम पञ्चायत बस्ने ३२ वर्षीय उदय ठाकुर घा’इ’ते भएका छन् । उमेशको हातमा र उदयको दायाँ खुट्टामा गो’ली लागेको छ । दुवैजनाको सीतामढीमा उपचार भइरहेको भारतीय अधिकारीले जनाएका छन् ।

    Comment Here!