गायिका रेखा जोशीको ”साँचो साईको हात” सार्वजनिक, हेर्नुहोस भिडियो

काठमाडौं – गायिका रेखा जोशीको सुदूरपश्चिमको मौलिकता झल्किने डेउडा गित सार्वजनिक भएको छ । “साँचो साईका हात” बोलको उक्त गितको म्युजिक भिडियो हिजो शुक्रबार S3K Entertainment Official युट्युब मार्फत सार्वजनिक भएको हो ।

S3K Entertainmentको प्रस्तुति “साँचो साईका हात” चक्र साउद आर.सी र पछिल्लो समय समय युवा पुस्ताकी चर्चित तथा लोकप्रिय गायिका रेखा जोशीको स्वर छ।

चक्र साउद आर.सिको शब्द संकलन रहेको यस गितमा लय जनक साउदको रहेको छ। उक्त गितको म्युजिक भिडियोमा भिम खडका र पुजा अधिकारीको अभिनय रहेको छ ।

गितको म्युजिक भिडियोको निर्देशन भिम खडकाले गरेका हुन् भने छायाकंन अमित बिकले गरेका हुन् । दिपक संगम बिसिले एरेन्जर गर्नु भएको गीतको म्युजिक भिडियो सम्पादन राजेश कुमारले गरेका हुन् ।

हेर्नुहोस  भिडियो

    Comment Here!