गायिका रेखा जोशी फेरी चर्चामा, हेर्नुहोस भिडियो सहित

काठमाडौं – गायिका रेखा जोशीको सुदूरपश्चिमको मौलिकता झल्किने डेउडा गित “साँचो साईका हात” सार्वजनिक भए संगै गीतले थप चर्चा कमाएको छ । उक्त गितको म्युजिक भिडियो S3K Entertainment Official युट्युब मार्फत सार्वजनिक भएको हो ।

S3K Entertainment को प्रस्तुति “साँचो साईका हात” चक्र साउद आर.सी र पछिल्लो समय समय युवा पुस्ताकी चर्चित तथा लोकप्रिय गायिका रेखा जोशीको स्वर छ।

चक्र साउद आर.सिको शब्द संकलन रहेको यस गितमा लय जनक साउदको रहेको छ। उक्त गितको म्युजिक भिडियोमा भिम खडका र पुजा अधिकारीको अभिनय रहेको छ ।

गितको म्युजिक भिडियोको निर्देशन भिम खडकाले गरेका हुन् भने छायाकंन अमित बिकले गरेका हुन् । दिपक संगम बिसिले एरेन्जर गर्नु भएको गीतको म्युजिक भिडियो सम्पादन राजेश कुमारले गरेका हुन् ।

हेर्नुहोस भिडियो

    Comment Here!