तीज गीतको नाम “बोको” राखेर गीत सार्बजनिक, सबैतिर आलोचना (हेर्नुहोस भिडियो सहित)

काठमाडौँ – आउदै गरेको हरितालिका तिजको शुभकामना सहित युवा पुस्तालाई मध्यनजर गर्दै कमल बिसी र शर्मिला रायमाझीको स्वरमा तिज ब्याटल ”बोको” बोलको गित सार्वजनिक भएको छ । ‘बोको’ गीतको टाईटल हेरेर केहि बिबादमा आए पनि गीतले भने म्युजिक भिडियो हेरिसके पछी राम्रै प्रतिक्रिया आएको छ ।

गायक कमल बिसीलाई पनि केहि संजालबाट नराम्रो प्रतिक्रिया आएका छन् । यसै सन्दर्भमा गायक कमल बिसी भन्नुहुन्छ – गितको बास्तविकता एका तिर छ केहि कमजोरी हाम्रो पनि होला गीतको म्युजिक भिडियो हेरेर भन्दा पनि गीतको टाईटल हेरेर नराम्रो प्रतिक्रिया पाएका छौ । यो हामीले आत्मसाथ गर्नु पर्छ ।

गितको बारेमा सामाजिक सन्जालमा बिभिन्न तर तरिकाका प्रतिक्रिया आईरहेका छन् । करिब २ लाख दर्शक स्रोताको नजरमा परिसकेको छ तर बजारमा हल्ला भने अनेक प्रकारको प्रतिक्रिया आइरहदा केहि आलोचना र बित्रिष्णा फैलिरहेको छ । गीतको सान्दर्भिक शब्द केलाउने हो भने त्यति अपाच्या भने छैन तर टाईटलमा आएको बोको शब्दले अलिकति बजार तताएको आकलन गर्न सकिन्छ ।

गीतमा चन्द्रदेव खड्काले शब्द तथा लय संकलन कमल बिसिको रहेको छ भने म्युजिक भिडियो S3K Entertainment अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । यस म्युजिक भिडियोमा दर्जनौ भन्दा बढी नेपाली गीतसंगीतका म्युजिक भिडियोमा अभिनय गरिसकेका लोमस शर्मा,(जिविचिरन)चिरन्जीवी सापकोटा,कमल बिसी,रविना भण्डारी,ऋतु तामाङ,मनिषा पोखरेल र गायिका शर्मिला रायमाझी, समुन्द्र पौडेल र समुन्द्र वाग्ले लगायतको अभिनय रहेको छ ।

म्युजिक भिडियोलाई निर्देशक देबेन्द्र कँवरले निर्देशन गरेका छन भने महेन्द्र निरौलाको कोरियोग्राफ रहेको छ । प्रकाश खडकाको उत्कृष्ट छायांकन रहेको यो गितको भिडियो सम्पादन भने राजेश कुमारले गरेका छन् ।

    Comment Here!