बबिता बानिया”जेरी” र शंकर क्षेत्रि बने आमाबुवा,जन्मियो छोरी

बबिता बानिया जेरी आमा बनेकी छिन् । गत साल शंकर क्षेत्रिसंग बैबाहिक जीवनमा बाधिएकि बबिता यही आउदो दसैंमा आमा बन्ने भनेकी थिइन् तर मिती अगाबै सन्तानकी आमा भैसकेकी छन् । बबिता र शंकर पेशाले दुबै गायक हुन् । उनिहरुले गाउने पेशासंगै एक दोहोरी साझापनी संचालन गर्दै आएका छन् । बबिता बानिया”जेरी” र शंकर क्षेत्रि आज छोरीको अभिभावक बनेका छन् । शंकर क्षेत्रिले खुसि हुदै आफ्नो फेसबुक वालमा लेख्नु भएको छ –
”भनिन्छ आमा बाबा बन्नु पनि सौभाग्य को कुरा हो आज बाट हाम्रो घरमा एउटा नया मान्छेको आगमन wel come to u my cute princess अनि धन्यवाद र बधाइ मेरो जिबन सङ्गिनि बबिता बानिया जेरि मलाइ बाबा बन्ने र तिमि आमा बनेको यो अवसरमा र बिसेस धन्यबाद डा रोसन रायमाझिको होल टिमलाइ यो सफल अप्रेशन को लागि”

    Comment Here!