रुपा सिलालको निर्देशन हिमाल र शोभा थापाको स्वरमा डेउडा गीत “आईजा कलि हासी हासी”सार्वजनिक

काठमाडौं-पछिल्लो समयमा लोकदोहोरी क्षेत्रमा एक पछि अर्को आशलाग्दा गितहरुको आगमन भै नै रहेको छ । लगानी अनुसार आम्दानी हुँदै नभए पनि लगानी गर्ने जमात कमि भने छैन । अहिले बिबाह पार्टी भोज भतेरमा हिन्दी गित बज्न लगभग छोडिसकेका छन् प्राय नेपाली गित मात्रै बजेको सुन्न पाइन्छ त्यसमा नि लोक दोहोरी गितसंगै सुदूरपश्चिमको लोक डेउडा गित बज्ने क्रम बढ्नु एकदमै राम्रो मानिन थालेको छ ।

नाच्ने गितसंगै सुन्ने गित पनि उति नै मेहनतका साथ बजारमा आउने क्रममा यो गीतको म्युजिक भिडियो पनि उति नै मेहनतले बनाएका छन् ।राम सिलाल म्युजिकको प्रस्तुति हिमाल बिष्टको डेउडा गीत “आईजा कलि हासी हासी”सार्वजनिक भएको छ गीतमा गायक हिमाल बिष्ट र पछिल्लो समयकी चर्चित डेउडा गायिका शोभा थापाको आवाज रहेको छ ।

चर्चित सर्जक तथा संगीतकार राम सिलाल र दिपक जेठाराको शब्द तथा राम सिलालको संगीत रहेको गित विशेष फिल्मसको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । यस म्युजिक भिडियोमा किरण सुनार र रिगल परियारको अभिनय रहेको छ । मुजिक भिडियोलाई निर्देशक रुपा सिलालले निर्देशन गरेका छन । सागरको उत्कृष्ट छायांकन रहेको यो गितको भिडियो सम्पादन पनि सागरले गरेका छन् । आशा छ यो गितले पनी बिगतका गित झैँ चर्चा पाउने छ । यो गित म्युजिक भिडियो युनिटका सवैलाई शुभकामना ।

    Comment Here!