सन्ध्या बुढा (काउली बुढी)को स्वरमा वियोगान्त दशैँ गित “आमा तिम्रो न्यानो काख”सार्वजनिक

काठमाडौं-दशैँ तिहारको शुभकामना सहित चर्चित लोकदोहोरी गायिका सन्ध्या बुढा (काउली बुढी)र गायक गोबिन्द पौडेलको अत्यन्तै मार्मिक दशैं गित “आमा तिम्रो न्यानो काख’ गीत सार्वजनिक भएको छ । गीतमा गायक गोबिन्द पौडेल शब्द र हरि पाण्डेको लय रहेको छ । यस गीतमा संगीत संयोजक बिनोद बाजुरालीको रहेको छ भने ध्वनि मिश्रण खडक बाजुराली ,रेकर्डिष्ट बिमाल छिनाल ,राजेन्द्र बाजुरालीको रहेको छ ।

यस म्युजिक भिडियोको निर्देशन गायक स्वयं गोबिन्द पौडेलले गरेका छन् भने छायांकनमा अमित ज्ञावाली र भिडियो सम्पादन लुमिनोस पोष्टवर्कले गरेका छन् । श्री कृष्ण घर्ति मिरेको परिकल्पनामा तयार भएको म्युजिक भिडियोमा श्री कृष्ण घर्ति मिरे र सरु केसीको अभिनय रहेको छ । गीतको म्युजिक भिडियो Him Samjhauta Digital को अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
हेर्नुहोस भिडियो

    Comment Here!