शिव हमालको शब्द संगीतमा सविता र विमलको स्वरमा दर्जनौ कलाकारको अभिनयमा दशैँ गित”गाँवै रमाइलो”सार्वजनिक भएसंगै चुलियो चर्चा

काठमाडौं | नेपालिहरुको महान् पर्व वडा दशै नजिकिए संगै कलाकारहरुले दशै तिहारका गितहरु सार्वजनिक भईरहेको छन् । दशैँ र तिहारको शुभकामना सहित लोकदोहोरी गायिका सविता परियार र गायक विमल परियारको सुमधुर आवाजमा रहेको दशैँ गित‘गाँवै रमाइलो’सार्वजनिक भएको छ । शिव हमालको अफिसियल युटुव च्यानल मार्फत उक्त गितको भिडियो सार्वजनिक गरिएको हो ।

शिव हमालको संगित तथा शब्द रहेको गितको म्युजिक भिडियोमा सर्जक शिव हमाल, कृष्ण रेउले, रमेश बाबु थापा, अर्जुन खड्का, मोडल रिना थापा, रितु तामाङ, अस्मीता राना, अर्चना काउचा, निशा मगर, सञ्जिता राना, कमल–नारायणी, प्रियंका नेपाली, रबिन ठकुरी, विमला गुरुङ, शरद एलजी, हरि घिमिरे, रमेश खाँण, सुमित्रा खाँण, अकवर खाँण र राजकुमार अधिकारी लगायत धेरै कलाकारहरुले अभिनय रहेको छ ।

म्युजिक भिडियोलाई बिक्रम चौहानले निर्देशन गर्नुका साथै राजेश घिमिरेको छायांकन तथा लक्ष्मण चौहानले सम्पादन गरेका हुन् ।
हेर्नुहोस भिडियो :

    Comment Here!