मनिष श्रेष्ठलाई एक पछी अर्को सफलता,फेरी”चमत्कार”को चर्चासंगै युटुब ट्रेडिङमा

काठमाडौं,आर,सी-लगानी अनुसार आम्दानी हुँदै नभए पनि लगानी गर्ने जमात कमि भने छैन । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा नेपालिहरुको महान् पर्व वडा दशै नजिकिए संगै कलाकारहरुले दशै तिहारका गितहरु सार्वजनिक भईरहेको छन् । यसै विच जिबन बडुको मास्टर मिक्सिङ तथा संगीत संयोजनमा मनिष श्रेष्ठ तथा एन्जिला रेग्मीको आवाजमा रहेको दशैँ तिहार बिशेष गीत”चमत्कार”सार्वजनिक भएको छ भने र्‍यापर जगत तिरुवाको पनि दमदार र्‍याप रहेको छ ।

दर्जनौ गीतमा शब्द सृजना गरिसकेका मनिष श्रेष्ठको संगीत तथा परिकल्पनामा तयार भएको गीतको शब्द श्रृजना योगेश रपालले गरेका हुन्भ ने म्युजिक भिडियो Eenakshi Entertainment को अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । यस म्युजिक भिडियोमा दर्जनौ भन्दा बढी नेपाली गीतसंगीतका म्युजिक भिडियोमा अभिनय गरिसकेका कलाकार विजय शाही,राजेन्द्र गिरि,मनिष श्रेष्ठ,सिसिर श्रेष्ठ,सन्तोष बानियाँ,सुबाश बजगाई,सिसिर बुढाथोकी,बिनु गुरुङ,प्राणीमा दाहाल,सुबु शाही,सरु धिमाल,निमा शेर्पा,मरिया मगर,दुर्गा खपांगी र करण गिरीको अभिनय रहेको छ ।

म्युजिक भिडियोमा दशैँ तिहार र युवा पुस्तालाई मध्यनजर गरेर म्युजिक भिडियो निर्माण गरिएको छ । म्युजिक भिडियो सार्वजनिक भएको छोटो समयमा नै चर्चाको शिखरमा पुगेको छ । मनिष श्रेष्ठक हरेक गीतले उत्तिकै लोकप्रिय बनेका छन् । यो गीतको न्युज तयार पार्दासम्म म्युजिक भिडिओ युटुबको ट्रेडिङ ३२ मा आएको छ भने १ लाख भन्दा बढी दर्शक स्रोताको नजरमा परिसकेको छ ।

मुजिक भिडियोलाई मनिष श्रेष्ठले निर्देशन गरेका छन भने सन्तोष राजबाहक कोरियोग्राफ रहेको छ । बासु बरालको उत्कृष्ट छायांकन रहेको यो गितको भिडियो सम्पादन भने दिन्सन शाहीले गरेका छन् । आशा छ यो गितले पनी बिगतका गित झैँ चर्चा पाउने छ । यो गित म्युजिक भिडियो युनिटका सवैलाई शुभकामना ।

    Comment Here!