डडेल्धुरामा कोरोना संक्रमित पुरुषको मृ,त्यु

डडेल्धुरामा पहिलो पटक एकजना कोरोना संक्रमितको मृ,त्यु भएको छ। डडेल्धुराको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृ,त्यु भएको हो। उनमा भारतमै कोरोना पुष्टि भएको थियो भने डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पनि संक्रमण पुष्टि भएको कोभिड १९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए। केही दिनअघि भारतबाट घर पुगेका उनी श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि डडेल्धुरा अस्पतालमा भर्ना भएका थिए।

मृत कको श व अहिले डडेल्धुरा अस्पताल मै राखिएको छ। नेपाली सेनाले व्यवस्थापन गर्ने डडेल्धुराका प्रमुख जिल्ला अधिकारी बन्धुप्रशाद वास्तोलाले बताए।

    Comment Here!