बहुप्रतिक्षित गित”आमा”भोलि सार्वजनिक हुदै

काठमाडौं -नेपालीहरुको महान चाड दशैँ तथा तिहारको शुभकामना सहित सञ्चारकर्मी तथा कलाकार चिरञ्जवी सापकोटाको ‘हेर यो मुटुमा चिरा पर्या छ’ बोलको गीत पछिको अर्को कारुणिक गित “आमा” आहा टिभीको युटुब च्यानलबाट भोलि शनिबार बिहान ९ बजे सार्वजनिक हुने निर्माण पक्षले बताएका छन् । प्रदेशमा रहेर दशैं तिहारमा नेपाल आउन नसकेको विषय बस्तुलाई गीतले उठाउन खोजेको छ । साथै प्रदेशीहरुको पिडालाई अर्काको देशमा बिना कसुर कसुरी भएको किटानी गर्दा हरेक प्रदेशीले भोग्नु पर्ने सजाय समेत गीतको म्युजिक भिडियोमा समेटेको छ ।

यो गीतको म्युजिक भिडियो परिकल्पना तथा निर्देशन पनि उनी सृजन बरालले नै गरेका छन् । यो गीतको म्युजिक भिडियोमा चिरञ्जवी सापकोटासहित श्रीमती समिक्षा पोखरेल बहिनि निरिस्का स्थापित र आमा रश्मि भट्टको मुख्या भूमिका रहेको छ । गित आफैमा एक बलियो पक्ष रहेको छ भने म्युजिक भिडियोले गीतलाई अझै माथि पुगाएको छ । गायक बलराम विश्वकर्मा र सुनिता बुढा क्षेत्रीको आवाज रहेको गीतमा गायक बलराम विश्वकर्मा कै शब्द तथा संगीत रहेको छ भने यो गीतको म्युजिक भिडियो राजेश घिमिरेले छायांकन गरेका हुन् भने म्युजिक भिडियो सम्पादन अमृत चापागाईले गरेका छन् ।

हाम्रो गाउँ घर देशमा भएको बृहत बेरोजगारी र विदेश हुदा घ,टने अप्रिय घट,नालाई कलात्मक रुपले म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ । गीत कतिले हेर्छन भन्दा पनि गीत हेर्ने कतिले मन पराउछन भन्ने मुख्य कुरा ठुलो हो । यो म्युजिक भिडियोमा प्रस्तुत भएका सबै कलाकारको उत्तिकै महत्वपूर्ण भूमिका रहेको छ । आहा टिभी युट्युब च्यानलबाट सार्वजनिक हुने भनेर केहि दिन अगाडी मात्र सार्वजनिक भएको गीतको पोस्टरले नै राम्रो प्रतिक्रिया प्राप्त गर्न सफल भएको छ । गीतको म्युजिक भिडियो निक्कै मार्मिक बनेको यो म्युजिक भिडियोका निर्देशक सृजन बरालले ठोकुवा गरेका छन् ।

    Comment Here!