दशैंको अवसर पारेर शुरु हुन थाले ‘दशैं धमाका’ योजना

काठमाडौं – नेपालीहरुको महान चाड वडा दशैंं नजिकिदै गर्दा यसको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि ‘दशैं धमाका’ योजना सार्वजनिक गरेको छ ।

अनलाइन सपिङ्ग पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुनेछ । यो योजना यही १९ आश्विनदेखि कात्र्तिक २ गतेसम्म, दुई साताका लागि लागू हुनेछ ।

यो योजनाअन्तर्गत सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा २०% वा अधिकतम् दुई हजार पाँच सयसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी (ईएमआई) सुविधा पनि प्राप्त गर्न सकिन्छ ।

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘फर्स्ट कम फर्स्ट सर्भ’को आधारमा छुट प्रदान गरिने छ ।

    Comment Here!