बहुप्रतिक्षित गीत”बहिनि”सार्वजनिक”सुजल बम,जीबी चिरनको मनै छुने अभिनय(भिडियो)

काठमाडौं-धेरै दिनको प्रतीक्षा पछी दशैँ तथा तिहारको शुभकामना सहित S3K Entertainment को अफिसियल युटुब च्यानलबाट”बहिनि”गित आज सार्वजनिक भएको छ । गित सार्वजनिक अघि नै सर्वाधिक चर्चामा रहेको गीत हो । सतिश अधिकारीको शब्द तथा परिकल्पना हेमन्त कान्छा रसाईलिको संगित रहेको उक्त गीतमा हेमन्त कान्छा रसाईलिको आवाज रहेको छ । S3K Entertainment ले निर्माण तथा बजार व्यवस्थापन गरेको उक्त भिडियोको निर्देशन बिक्रम चौहानले गरेका हुन् तथा सम्पादन दिन्सन शाहले गरेका हुन भने प्रकाश खडकाको छायांकन रहेको छ ।

म्युजिक भिडियोमा सुजल बम र जीबी चिरानको मुख्या भूमिका देखाईएको छ भने साथमा समिक्षा पोखरेल,निना बुढाथोकी,अर्जुन बिक र दिनेश कुमार कठायतको समेत उत्कृष्ट अभिनय रहेको छ ।

    Comment Here!