लाल बहादुर धामी र टिका पुनको स्वरमा ठट्यौली देउडा गित”यो हरामी लाल्या”सार्वजनिक

काठमाडौं-नेपालीहरुको महान चाड दशैँ तथा दिपावलीको शुभकामना सहित सबैका लोकप्रिय गायक तथा कमेडी लाल बहादुर धामीको स्वरमा मौलिक तथा ठट्यौली देउडा गित”यो हरामी लाल्या”सार्वजनिक भएको छ । गायक धामीका हरेक सृजना उत्तिकै लोकप्रिय रहेका छन् । लामो समय पछी धामीले दर्शक स्रोताको मागलाई मध्यानाजर गर्दै गित सार्वजनिक गरेका छन् ।

बिनोद बाजुरेलिको संगीत संयोजन रहेको गीतमा पछिल्लो समयका निकै नै लोकप्रिय सर्जक राजेन्द्र शाह बिपीको शब्द तथा संगीत सृजना रहेको गीतमा लाल बहादुर धामी र टिका पुनको स्वर रहेको छ । डीबी रौलेले छायांकन गरेको म्युजिक भिडियो भिम थापाले निर्देशन गरेका हुन् भने म्युजिक भिडियोमा लाल बहादुर धामी,झरना बोहोरा,सिमा खडका,पुजा बिष्ट र रदिप पालको अभिनय रहेको छ ।

    Comment Here!