असईले गोली चलाउन नसक्दा पनि ज्या,न जोखिममा भएको खुलासा,अनुसन्धान हुदै

धनगढी उपमहानगरपालिका(१२ जुगेडामा २०६५ सालमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको थियो। अस्थायी प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षक ९असई०को नेतृत्वमा १० जना प्रहरी खटाइएको थियो। साधारणतया चौकीमा खटाइने अधिकतम् प्रहरीको जनशक्ति पनि यति नै हो । जुगेडा नेपाल(भारत सिमाना हो। भारततर्फ पलिया बजार छ। पलियाबाट वारि जुगेडा करिब ३० किलोमिटर टाढा पर्छ।

दुवै देशको सीमा छुट्याउने मोहना नदीले हो। जुगेडाबाट नदी करिब साढे पाँच किलोमिटर हो । मोहना पारि भने लामो दूरीसम्म जंगल छ। बीचमा बस्ती पनि छन् । मोहना नदीमा शनिबार राति जुगेडा प्रहरी चौकीका इञ्चार्ज असई गोविन्द विकलाई ह,त्या गरी फालिएको थियो । सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार यो तस्करी हुने क्षेत्रले चिनिन्छ। यो ठाउँमा किराना सामान र कपडा तस्करी अत्यधिक हुने गरेको छ। चौकीमा विक तीन महिनाअघि मात्र गएका थिए।

अहिलेसम्मको प्रहरी अनुसन्धान तस्करी गर्ने समूहबाटै असई विकको ह,त्या गरेकोमा निश्चिन्त छ। सो ठाउँमा विकले तस्करीविरूद्ध आक्रामक कारबाही गरिरहेका थिए । ‘उनी गइकन गस्ती निस्किने र चोरी तस्करी नियन्त्रणमा प्रहरी सक्रिय भएको देखिन्छ,’ प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंह भन्छन् । उनका अनुसार वारिवारि गर्न पुल नभए पनि नदीमा पानीको सतह कम रहेका कारण आउजाउ कठिन हैन । सुदूरपश्चिम प्रदेशले गत असोज २४ गते चाडवाडलक्षित सुरक्षा योजना ल्याएको थियो। त्यसमा मोबाइल तथा मोटरसाइकल गस्ती थियो। प्रदेश प्रहरीले चाडवाडलक्षित सुरक्षा योजना ल्याएपछि असई विक सक्रिय रुपमा तस्करी रोक्न खटिने गरेका थिए।

असई विक चौकीबाट निस्किँदा ८ बजेको थियो । उनले दाङ बान्नीगढी(जयगढ गाउँपालिका(५ घर भएका ३२ वर्षीय प्रहरी जवान रामबहादुर साउँद साथमा लगेका थिए । दुबै जना बा५८प ५२८४ नम्बरको मोटरसाइकल लिएर गस्तीमा निस्केका थिए। दुवै बर्दीमै थिए। मोटरसाइकल असई विकले नै हाँकेका थिए । दुईमध्ये असई विकले साथमा चाइनिज पेस्तोल बोकेका थिए । तस्करी नियन्त्रणमा खटिने प्रहरीमाथि सुरक्षा चुनौती रहन्छ। तर, तस्करी नियन्त्रणकै क्रममा प्रहरी मारिएको यो घ,टना भने दुर्लभ हो।

तस्करी गर्ने समूह बढी संख्याको थियो र त्यसले असई र जवानलाई तुरुन्तै नियन्त्रणमा लिन सक्यो । अनुसन्धानको अर्को पाटो यसतर्फ पनि छ। सुवेदी भन्छन्, ‘मृ,तक असईले कम्मरबाट पेस्तोल निकालेर फायर गर्न असमर्थ रहे ।’ उनका अनुसार दुवै प्रहरीको ह,त्या भइसकेको छ। जवानको श,व भेटिन बाँकी हो ।

‘फायर खोल्न मात्र सकेको भए पनि उनको ज्या,नको थोरबहुत सुरक्षा सक्थ्यो,’ सुवेदीले भने, ‘उनले हतियार चलाउन सकेनन्, त्यसैले नदीभन्दा अगाडि नेपालतर्फ नै दुवै प्रहरीको ह,त्या गरियो।’ह,त्यापछि खोलामा फालिएका असईको साथमा रहेको पेस्तोल छैन। तस्करको समूहले उनको पेस्तोल लु,टेर लगेको सुवेदीले बताए।

सुवेदीले प्रहरीको ह,त्या गर्ने समूह पहिचान भइसकेको बताए । ‘शंकास्पद ११ जना प,क्राउ परिसकेका छन्, ह,त्या गर्ने तस्कर नेपाली हुन्, भारतीय तस्करसँग उनीहरूको सम्पर्क सम्बन्धबारे अनुसन्धान भइरहेको छ,’ सुवेदीले भने, ‘एक(दुई दिनभित्रै रहस्य पर्दाफास गर्छौं।’

    Comment Here!