गम्भीर बिष्टको निर्देशन गीता,गम्भीर र कृष्णको दमदार अभिनयमा लोक आधुनिक गित”ढुंगेधाराको”सार्वजनिक

काठमाडौं-दशैँ तिहारको शुभकामना सहित एक पछी अर्को गित नेपालि बजारमा आईरहेका छन् । यसै सन्दर्भमा गायत्री ज्ञवालीको शब्द सृजना तथा आलोक श्रीको संगीतमा बहुप्रतिक्षित लोक आधुनिक गित”ढुंगे धाराको”सार्वजनिक भएको छ । गीतमा कृष्ण काफ्ले र ममता गुरुङको स्वर रहेको छ।

म्युजिक भिडियोको निर्देशन तथा परिकल्पना गम्भीर बिष्टले गरेका हुन् म्युजिक भिडियो नबराज उप्रेतीले छायांकन गरेका हुन् भने पछिल्लो समय एक पछि अर्को गितमा आफ्नो सम्पादनको छविलाई उच्च बनाउदै आएका नबिन निरौलाले सम्पादन गरेका हुन् ।
म्युजिक भिडियोमा पछिल्लो युवा पुस्ताका ढुकढुकी बनेकी गित ढुंगाना,गम्भीर बिष्ट र कृष्ण काफ्लेको दमदार अभिनय रहेको छ ।

    Comment Here!