बढ्दै कोरोनको जोखिम,४० वर्षीय प्रहरी हवल्दारको मृ,त्यु

काठमाडौ । कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृ,त्यु भएको छ। मृ,त्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन्। उनको चितवन मेडीकल कलेजमा बुधबार दिउँसो साढे ४ बजे मृ,त्यु भएको हो।

अस्पतालका निर्देशक डा।दयाराम लम्सालका अनुसार क्यान्सरका बिरामी उनलाई ज्वरो, खोकीका कारण असोज २१ गते अस्पतालमा भर्ना गरिएको थियो। असोज २३ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृ,त्यु भएको हो।

क्यान्सर रोगका कारण काम गर्न नसक्ने भए पछि उनको घरमानै बसेर उपचार गराई रहेको अवस्थामा बुधबार कोरोना सङ्क्रमणका कारण मृ,त्यु भएको प्रहरीले जनाएको छ।

    Comment Here!