कोरोना संक्रमित विद्यार्थीलाई यस्तो व्यबस्था सहित कक्षा १२ को परीक्षा ९ मंसिरदेखि सुरु हुने

काठमाडौं( कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । कोरोना महामारीका बिच पाल सरकारले तोकेको सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा सञ्चालन गर्न लागिएको हो । शनिबार समेत परीक्षा सञ्चालन गरेर १६ मंसिरमा सबै विषयको परीक्षा सम्पन्न हुने वोर्डले जनाएको छ । वोर्डका अनुसार परीक्षा समय विहान ८ बजे सुरु हुने भएको छ ।

संक्रमितहरूलाई कोरोना मुक्त भएपछि छुट्टै परीक्षाको व्यवस्था गरिने बोर्डले जनाएको छ । कोरोना महामारीका कारण आफू अध्ययन गरेको विद्यालय रहेको जिल्ला भन्दा फरक जिल्लामा रही आफ्नो विद्यालयमा उपस्थित भएर परीक्षा दिन नसक्ने विद्यार्थीका लागि परीक्षार्थीले यसअघि पेश गरेको विवरणको आधारमा परीक्षामा सहभागी हुने व्यवस्था गरिएको र्डका अध्यक्ष प्रा। डा। चन्द्रमणि पौडेलले बताए ।

    Comment Here!