धनगढीमा कोरोनाबाट ३ जनाको मृ,त्यु

धनगढी — धनगढीमा बुधबार कोरोना संक्रमित ३ जनाको मृ,त्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा एक र दुई जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृ,त्यु भएको हो । सेती प्रादेशिक अस्पताल धनगढीमा डोटी केआईसिह गाउँपालिका ४ का ५० वर्षीय पुरुषको बुधबार दिउँसो ४ बजे उपचारका क्रममा मृ,त्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप सिंह श्रेष्ठले जानकारी दिए । रगतमा इम्फेक्सन समस्याले र्तिक ३ गते सेती प्रादेशिक अस्पतालको आईसियुमा भर्ना गरी कोभिड परिक्षणको थ्रोट स्वाब लिइएको थियो ।

४ गते मंगलबार उनमा कोरोना पुष्टि भएको थियो । डोटीबाट कांग्रेसका महाधिवेशन प्रतिनिधि पनि थिए । अर्का वडा नम्बर २ का ६५ वर्षे पुरुषको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृ,त्यु भएको थियो । होम आइसोलेसनमा रहेका संक्रमितको स्वास्थ्यमा समस्या भएपछि मंगलबार राति नै सेती अस्पतालमा ल्याउँदै गर्दा मृ,त्यु भएको थियो । ती पुरुषमा असोज २८ गते कोरोना पुष्टि भएको थियो ।

मंगलबार राति नै भारतको लखनउमा धनगढीका ६० वर्षीय व्यापारीको उपचारका क्रममा मृ,त्यु भएको परिवारिक स्रोतले जनाएको छ । असोज १५ गते कोरोना पुष्टि भएपछि आफन्तले उपचारका लागि लखनउ लगेका थिए । त्यहाँ आईसियुमा राखेर उपचार भइरहेको थियो । सेती प्रादेशिक अस्पतालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

    Comment Here!