रोजगारीका लागि विदेशीने लाखौ युवाको कथामा”नमुछे आमा दहिमा टिका”सार्वजनिक(भिडियो)

काठमाण्डौं । नेपालि हरुको महान चाड दशैँ ताहा तिहारको शुभकामना सहित फेरी”नमुछे आमा दहिमा टिका”सार्वजनिक भएको छ । जब रेडियो टिभीमा”नमुछे आमा दहिमा टिका”गित बज्न थाल्छ त्यस पछी चाडबाड आएको भान हुन्छ । गित नै निकै नै कालजयी र जिबन्त गित हो “नमुछे आमा दहिमा टिका” । रेकर्डिङ भएदेखि नै नेपाली लोक संगितको शिर्ष स्थानमा रहिरहेको गित नमुछे आमा दहिमा टिका”वरिष्ट गायक,संगीतकार नारायण रायमाझीले नयाँ प्रविधि र केहि फरक मेलोडी सहित पुनः सार्वजानिक गरेका छन् ।
स्वर्गीय लक्षमण रायमाझीको शब्द र वरिष्ट संगीतकार नारायण रायमाझीले संगीत गरेको बहुचर्चित गित”नमुछे आमा दहिमा टिका”वर्षौ पहिले पहिलो पटक कृष्णभक्त राइले गाउनु भएको थियो । त्यहि गितलाई केहि आधुनिक शैलीमा गीतको सर्वाधिक अधिकार पाएको रिमा इन्टरटेनमेन्ट नेपालले बजारमा ल्याएको हो । अहिलेकी चर्चित गायिका रचना रिमाल र संगीतकार स्वयम रायमाझीले गाएको लाईभ भिडियोले नेपाली सांगीतिक बजारमा चर्चा बटुले छ ।

देबेन्द्र बब्लु र बिन्दु खडकाको निर्देशनमा गायक सर्जक नारायण रायमाझीको परिकल्पनामा मिराज अर्यालको छायांकन तथा सम्पादन रहेको म्युजिक भिडियोमा आमाको भूमिकामा रमा थपलिया,देबेन्द्र बब्लु,अन्जली अधिकारि,रोशनी कार्की,रिसी राम खडका,बिरमा खडका,मिथिला घिमिरे,सामना देबकोटा,डम्मर बटालाको अभिनय रहेको छ भने बाल कलाकार प्रनिशा खडकाको अभिनय रहेको छ । वैदेशिक रोजगारीमा कति प्रताडना भोग्नुपर्छ भन्ने यर्थाथ र गरिबी र बेरोजगारीका कारण विदेशिनु पर्ने युवाहरुको कथा व्यथा चित्रण गरिएको छ ।

    Comment Here!