सनम कठायत र संगीता केसीको अभिनयमा”साइला दाई” सार्वजनिक

नब गायिका संगिता केसिको”साइला दाई” सार्वजनिक भएको छ । उमेशराज खड्काको शब्द तथा संगित रहेको उक्त भिडियोमा मोडल सनम कठायत र गायिका स्वयंम संगिता केसिको अभिनय रहेको छ ।

एभरेष्ट ग्यालरीले निर्माण गरेको उक्त म्युजिक भिडियोमा अन्जन शर्माको निर्देशन ,उत्सव दाहालको छायांकन साथै बिकास दाहालको सम्पादन रहेको छ । मौलिकता बोकेको उक्त गीत र भिडियो पछिल्लो समय दर्शक स्रोताको मन जित्दै छ ।

    Comment Here!