बाँकेमा रमाउदै चर्चित सिनेम्याटोग्राफर अर्जुन तिवारी

काठमाडौँ – पछिल्लो समयका अत्यन्तै व्यस्त म्युजिक भिडियो छायाँकार अर्जुन तिवारी यतिबेला बाँके तथा बर्दियाका होमस्टेहरुमा ब्यस्त रहेका छन् ।

उनी भिडियो छायांकनको लागि यतिबेला लागि शान्त अनि मनोरम दृश्यले भरिपुर्ण बाँके पुगेका हुन्। उनिसंगै नायक पल शाह,मोडल गरिमा शर्मा, निर्देशक बिक्रम चौहान, गायक नरेश जोगी लगायतको टिम चिसापानी स्थित होमस्टेमामा पुगेका हुन् ।

बाँकेको गाभर भ्याली पछिल्लो समय म्युजिक भिडियो छायांकनको लागि प्रमुख रोजाइमा पर्ने गरेको छ। आन्तरिक तथा बाह्य पर्यटकहरु पनि उक्त भ्यालीमा घुम्न जाने गर्छन् ।

एथ्रीके इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेका २ वोटा म्युजिक भिडियो छायांकनको लागि अहिले सम्पूर्ण निर्माण युनिट बाँके लगायत बर्दिया पुगेको हो।

 

    Comment Here!