बिक्रम चौहानको निर्देशन स्मारिका,सामरिक र सागर लम्साल”बले”को अभिनयमा”मेरो रातो गलबन्दी”(भिडियो)

काठमान्डौ – नेपालि गित संगीतमा थप आयाम थपेकी छन् सपना घिमिरे पौडेलले । भखरै मात्र सपना घिमिरे पौडेलको आफ्नै शब्द संगीतमा“मेरो रातो गलबन्दी”बोलको गीतको म्युजिक भिडियो एस थ्री के ईन्टरटेनमेन्टको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । सपना घिमिरे पौडेलप्रताप दासको स्वरमा रहेको छ । सपना घिमिरेको यो पहिलो लोकदोहोरी गित हो । सुदिप सागरको संगीत संयोजन रहेको गीत वान डीबि रेकर्डिङ स्टुडियोमा भएको छ ।

बिक्रम चौहानको निर्देशनमा तयार भएको म्युजिक भिडियो प्रकाश खडकाले छायांकन गरेका हुन् भने मिलन बिश्वकर्माले सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा सामाजिक सन्जाल टिकटकमा सबैले रुचाईएकी सबैकी लोकप्रिय स्मारिका ढकाल,सामरिक ढकाल र सागर लम्साल बलेको अभिनय रहेको छ । साथमा म्युजिक भिडियोमा राजु मास्टर र बल्छिको पनि उपस्थिति रहेको छ । गितको निकै नै चौतर्फी चर्चा चलेको छ ।
हेर्नुहोस भिडियो :

    Comment Here!