जुम्ल्याहा दिदीबहिनीले समेत छोडे सागर लम्साल बलेलाइ, हेर्नुहोस भिडियो सहित

काठमाडौँ – एसथ्रीके इन्टरटेनमेन्टको अफिसियल युटुब मार्फत भर्खरै मात्र “मेरो रातो गलबन्दी” बोलको गीतको भिडियो सार्वजनिक भएको छ । नेपाल आइडलबाट लोकप्रियता कमाएका गायक प्रताप दास र हास्य कलाकार राजु मास्टरकि श्रीमती सपना घिमिरे पौडेलको स्वरमा रहेको यो गीतमा शब्द तथा संगीत शृजना पनि गायिका सपना कै रहेको छ ।

अहिलेका लोकप्रिय संगीतकार सुदिप सागरको संगीत समायोजन रहेको यो गीतमा पछिल्लो समयका लोकप्रिय हाँस्य टेलिशृखला सक्किगोनिका चर्चित कलाकार सागर लम्साल बले र हल्का रमाइलोका राजु मास्टर र मरिमान श्रेष्ठ बल्छीको अभिनय समेत यो भिडियोमा देख्न सकिन्छ । भिडियोमा सागरसँग टिकटकबाट लोकप्रियता कमाएका दुइ सुन्दरी दिदी बहिनी समारिका र स्मारिका दाहालको अभिनय रहेको छ ।

बिक्रम चौहानको निर्देशनमा तयार भएको यो म्युजिक भिडियो प्रकाश खडकाले खिचेका हुन् भने मिलन बिश्वकर्माले सम्पादन गरेका हुन् । अहिले यो गितको निकै नै चौतर्फी चर्चा चलेको छ । हेर्नुहोस भिडियो

    Comment Here!