बिना श्रेष्ठको निर्देशनमा शान्तिश्री परियारको”बोल माया”पछीको कारुणिक गित”न्याय मरेको देश“(भिडियो)

काठमाडौं ( समाजमा अप,राधका घट।नाहरु बढिरहेको अवस्थामा न्याय मौन बन्दै गईरहेको भनाईप्रति लक्षित गरि भिडियो सार्वजनिक गरिएको छ । बल।त्कारका घट।नाहरु दिनहुँ बढिरहेका छन् । नारीहरु माथि घटे।का बला।त्कार, एसिड का।ण्ड र छाउपडी जस्ता अनै।तिक क्रियाकलापलाई गर्ने हाम्रो समाज तथा नारि माथि धज्जा उडाउने प्रति यो भिडियोले केहि सकारात्मक सोच ल्याउने छ । यतिबेला सांगीतिक क्षेत्रमा व्यवसायिक गित संगीत आईरहेका बेला यो गीतको म्युजिक भिडियोले भने समाजीक न्याय र अपराध विरुद्ध बनाईएको छ ।

राईज एण्ड साईन प्रा।लिको प्रस्तुतीम रश्मि शाक्यको गीत ”न्याय मरेको देश“एक विशेष कार्यक्र गरेर सार्वजनिक गरिएको छ । काठमाडौको कमलादी स्थीत राइजिङ मलमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अतिथिको रुपमा गायक सीताराम पोख्रेल,यमन श्रेष्ठ,लामा घ्याप्चो रिम्पोच्चे लगायतको उपस्थितीका साथ् बिमोचन गरिएको म्युजिक भिडियो एस,थ्री।के इन्टरटेनमेन्टको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

चलचित्र पत्रकार संघ नेपालकी सदस्य एंवम संचारकर्मी बिना श्रेष्ठको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा लक्ष्मी बर्देवा,सुशील पोखरेल,साक्षी लम्साल,पुजन घिमिरे,बासु शाही,अनिता पौडेलको अभिनय रहेको छ। राजेश पौडेलको शब्द रचना रहेको गीतमा शान्तिश्री परियारको स्वर रहेको छ भने दिनेश मुस्कानको संगीत ,उत्तम हुमागाईंको छायाँकन,अनिल कुमार महर्जनको सम्पादन रहेको छ ।

यो गीतले समाजमा घटे।का नानाथरी बि।कृति विसं।गति,अ।न्याय अत्या।चार,कुरीति,ह।त्या हिँ।सा,बला।त्कार जस्ता जोखिम घट।नाहरुको न्यूनीकरणको लागि अतुलनीय भूमिका खे।ल्न सक्ने छ । म्युजिक भिडियोमा देखाईएका नारि माथि भएका अनेक थरि अन्याय काल्पनिक हैनन् ताकी यी बास्तबिकता हुन् । म्युजिक भिडियोमा देखाईएका दृश्य जस्तै यथार्त हाम्रो समाजमा यस्तै घट।नाले दिन प्रतिदिन जरा गाडेको छ । अझै भन्दा तत्कालिन सरकारलाई पनि केहि सोच्न बाध्या गराउनेमा टेवा पुग्न सक्छ ।
हेर्नुहोस भिडियो:

    Comment Here!