सिर्जन बरालको निर्देशन सत्यकला लामाको कारुणिक अभिनयमा मनै छुने गित”म मरेर”सार्वजनिक (भिडियो)

काठमाण्डौ-नेपाली सङ्गितिक आकशमा फेरी एक आधुनिक गित ‘म मरेर ’ सार्बजनिक भएको छ । ए एम एस ईन्टरटेनमेन्टको अफिसियल युट्युबमा च्यानलबाट आज सार्बजनिक भएको हो ।गायिका अन्जु पन्तको बिहेको रौनक न सकिदै बजारमा आज गित सार्वजनिक हुदा निकै नै चकित परेका छन् शुभ चिन्तक । बिहेको अवसर पारेर सार्वजनिक गरेको गित निकै नै कारुणिक रहेको छ ।

सुरज अधिकारीको शब्द तथा संगीतमा तयार भएको म्युजिक भिडियो छायांकन रमेश दर्लामीले गरेका हुन् भने अमृत चापागाईले म्युजिक भिडियो सम्पादन गरेका छन् । सृजन बरालले निर्देशन गरेको म्युजिक भिडियोमा पछिल्लो समय नेपालि गित संगीतको छेत्रमा निकै नै अगाडी बढेका युवा पुस्ताका लोकप्रिय मोडल जीबी चिरन ,एक पछी अर्को म्युजिक भिडियोमा अभिनय गरेकी मोडल सत्यकला लामा ,मुना खडका र समिर नेपालको अभिनय रहेको छ ।

सत्यकलाको भने निकै नै कारुणिक अभिनय रहेको छ । आशा छ यो गित पनि बिगतका गित झैँ यो गीतले पनि निकै नै चर्चा कमाउने छ । हेर्नुहोस भिडियो :

    Comment Here!