बशन्त अधिकारीको निर्देशनमा गरिमा शर्मा र विज्ञानको अभिनयमा”मैना”सार्वजनिक(भिडियो)

काठमाण्डौ-नेपालि गित संगीतको क्षेत्रमा एक पछी अर्को गित बजारमा आईरहेको बेला गित संगीतको माहोल संगै नया कलाकारको पनि उत्तिकै चहलपहल बढिरहेको छ । यसै सन्दर्भमा बिज्ञान पनि म्युजिक भिडियोमा देखा परेका छन् । बिज्ञानसंगै पछिल्लो समय निकै नै लोकप्रिय बनेकी मोडल गरिमा शर्माको पनि अभिनय रहेको छ ।

“मैना”बोलको गीतमा काली प्रसाद बास्कोटा र अस्मिता अधिकारीको स्वरमा रहेको गीतको शब्द संगीत काली प्रसाद बास्कोटाको नै रहेको छ । बशन्त अधिकारीले निर्देशन गरेको म्युजिक भिडियो सह निर्देशन भने आयुष पोखरेलले गरेका छन् । शंकर भुजेलले छायांकन गरेको म्युजिक भिडियो कोरियोग्राफ भने सुरेश पाण्डेले गरेका छन् ।रुपा लामा र माया लामाले उत्पादन गरेको गरेको म्युजिक भिडियो सम्पादन कृष्ण भण्डारीले गरेका छन् भने म्युजिक भिडियो एस थ्रीके ईन्टरटेनमेन्टको अफिसियल च्यानलबाट सार्वजनिक गरेका छन् । हेर्नुहोस भिडियो :

    Comment Here!