डिपी खनालको शब्द सृजना“सल्लाह गरेर ”सार्वजनिक(भिडियो)

 

काठमाडौं । पछिल्लो समय सांगितिक बजारमा नेपाली लोक संगित चर्चा परिचर्चामा रहेका छन् । समस्त लोक गित संगीत लाखौ करौडौ सबै दर्शक स्रोताको नजरमा लोकप्रिय बन्दै गएका छन् । नेपाली गीत संगीत बजारमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत आइरहेका छन् । यसै सन्दर्भमा लोकप्रिय गायक सिडी विजय अधिकारि,रमेश कडेल,मनिष राई र रचना रिमालको आवाजमा रहेको गित “सल्लाह गरेर ” शुक्रबार सार्वजनिक भएको छ । सिडी विजय अधिकारीको स्वरमा केहि हप्ता अगाडी मात्र बजारमा आएको गित“दुरी मजबुरी”ले पनि निकै नै चर्चा बटुलेको थियो । युटूब ट्रेडिङ्गमा निकै समय रहेको थियो । सो गित २८ लाख भन्दा बढी दर्शक स्रोतको नजरमा परिसकेको छ ।

गितमा चर्चित सर्जक डिपी खनालको शब्द, गितकार तथा संगितकार शंकर थापा”स्माईल “लय तथा संगित रहेको छ । म्युजिक भिडियोमा माया प्रेमका कुरा जोडेर युवा पुस्ताको प्रेमलाई झन् कसिलो बनाउने कोसिस गरेका छन् भने गित निकै उत्कृष्ट र सबै नेपाली दर्शक स्रोताले हेर्न लाएक बनाएका छन् ।बहुप्रर्तिभा भएका अधिकारीले दर्जनौ दर्जनौ गितमा स्वर मिसाई सकेका छन् भने लाखौ नेपालीको मनमा बसेका गायक हुन् ।

पछिल्लो समय निकै राम्रो म्युजिक भिडियो निर्देशन गरिरहेका निर्देशक उत्तम श्रेष्ठले गितको म्युजिक भिडियोमा आफ्नो निकै राम्रो कलाकौशल देखाएका छन् ।दिन्सन शाहले सम्पादन गरेको म्युजिक भिडियो ज्ञानेन्द्र शर्मा हुमागाईले छायाकन गरेका हुन् भने सन्तोष राजबाहकले कोरियोग्रफ गरेको उक्त गितको म्युजिक भिडियोमा लोकप्रिय कलाकार पल शाह,सुधिर श्रेष्ठ,श्रीया सिटौला र गीता ढुंगानाको दमदार अभिनय रहेको छ ।म्युजिक भिडियो एनाक्षी ईन्टरटेनमेन्टको अधिकारी युटुव च्यानल मार्फत सार्वजानिक भएको छ।
हेर्नुहोस भिडियो :

    Comment Here!