मोडलिङमा भबिष्य खोज्दै पुष्पा थापा

काठमाडौं दिन प्रतिदिन पछिल्लो समयमा म्युजिक भिडियोहरु निरन्तर रुपमा बजारमा आइरहेका छन् । मजबुत सामाजिक सञ्जालका कारण दिनहुँ जस्तो नयाँ मोडेल र कलाकारहरु जन्मिरहेका छन । मोडलिङको रहर अवसरको खोजीमा धेरै रहेको पाइन्छ । रहर सबैको हुन्छ मोडलिङमा रम्ने तर पनि मोडलिङमा भविष्य बनाउने सिमित हुन्छन त्यसमा एक प्रतिनिधि हुन् रोल्पा जिल्ला स्थायी घर भयकी पुष्पा थापा आमाबुवा सित भारतमा बस्दै आएकी छन् । पेशाले योगा मास्टर भएता पनि भारतमा बसेर पनि नेपालि गित संगीतलाई निकै नै माया गरिरहेकी छन् ।

आफनो मेहनत गरे अनुसार सफलता पाउनेमा आफु निकै आशावादी रहेको समेत बताउदै पुष्पा थापाले भनिन ‘गर्दै जाँदा एक दिन अवश्य पनि सफलता मिल्छ त्यसैले मैले मोडलिङलाई निरन्तरता दिनुपर्छ ,सबैको सुझाव र प्रेरणाका साथ एकदिन सफल हुने विश्वास लिएकी छुँ ।’ हुन त पुष्पा थापाको कलाकार मात्र बन्ने उनको शौख होइन उनी एउटा मोडलको रुपमा आफनो पहिचान बनाउनको लागी पनी सिने क्षेत्रमा आउनको लागी चाहेको उनले बताइन ।

विभिन्न स्टेज कार्यक्रम गदैं आएकी थापालाई छोटो समयमै सफलता पनि मिलेको छ । सानै उमेरदेखि मोडलिङ क्षेत्रमा एउटा छुट्टै नाम कमाउन चाहन्थे उनले भनिन । आफनो कर्तव्यबाट कहिल्यै टाढा नभइ हिम्मत र शाहसका साथ अगाडि बढिरहने उनी बताउछिन । परिवारको माया र हौसलाले आफु उत्साहित भएको बताउँदै उनले साथीहरुको सपोर्टले काम गर्न सजिलो ह्ुनेमा आफुमा आत्म विश्वास भरिएको उनले सुनाइन ।

    Comment Here!