‘द भ्वाइस नेपालमा”पहिलो दिन नै रुवाबासी, को हुन् यी धर्बेंद्र (भिडियो सहित)

काठमाडौं । केहि बर्ष यता देखि चल्दै आएको छोटो समयमा निकै लोकप्रिय बनेको गायन रियालटी शोको ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ को यस वर्षको पहिलो सोमा सुदुरपश्चिम दुर्गम बाजुराका धर्बेंद्र सुनारले पनि गाएका छन् । धर्बेंद्र सुनारले दिएको प्रस्तुति निकै नै उत्कृष्ट रहेको थियो । सुनारको प्रस्तुति कार्यक्रमको अन्तिममा रहेको थियो । रियालिटी सोमा रहेका सबैजना जर्जको आखाबाट बलिन्द्र आशु झारेका थिए । सुदुरपश्चिम बिकट जिल्लाबाट ‘द भ्वाइस नेपालमा”आएका सुनारको घरको स्थिति पनि निकै नै नाजुक रहेको रहेछ । धर्बेंद्र सुनारको गला र कलाको सम्मान गर्दै जर्जहरुले हौसलाका साथ् स्याबासी दिएका थिए ।

सुनारले गाएको गित अभिनेता स्वर्गीय श्रीकृष्ण श्रेष्ठको डुब्लिकेट भनेर सामाजिक संजालमा भाईरल भएका प्रकाश चन्दको अभिनयमा दोस्रो म्युजिक भिडियो”पियारी”लाईमलाईट नेपालको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको थियो । देबेन्द्र कुँवरको निर्देशनमा बनेको भिडियोमा प्रकाश चन्दसंगै मेरी बास्सैकी कलाकार सरस्वति फुयालले अभिनय गरेकि छन् । जोसेफ साही ठकुरीको स्वर,शब्द तथा संगीत रहेको गीतको भिडियो चक्र बरालले छायाँकन गरेको म्युजिक भिडियो टेकेन्द्र शाहले सम्पादन गरेका थिए ।
हेर्नुहोस भिडियो :

    Comment Here!