“द भ्वाइस नेपाल”मा धर्बेंद्र सुनारले गाएको”पियारी”गीतको चुलियो चौतर्फी चर्चा(भिडियो)

काठमाडौं । केहि बर्ष यता देखि चल्दै आएको छोटो समयमा निकै लोकप्रिय बनेको गायन रियालटी शोको ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ को यस वर्षको पहिलो सोमा सुदुरपश्चिम दुर्गम बाजुराका धर्बेंद्र सुनारले पनि गाएका छन् । जोसेफ साही ठकुरीको स्वर,शब्द तथा संगीत रहेको”पियारी”गित “द भ्वाइस नेपाल”सिजन ३ मा गुन्जिदा “पियारी”गीतको चौतर्फी चर्चा चुलिएको छ । सामाजिक संजाल टिकटकमा निकै नै भाईरल बनेको छ । १ लाखको हाराहारीमा टिकटक भिडियो बनिसकेका छन् ।

सुनारले गाएको गित अभिनेता स्वर्गीय श्रीकृष्ण श्रेष्ठको डुब्लिकेट भनेर सामाजिक संजालमा भाईरल भएका प्रकाश चन्दको अभिनयमा दोस्रो म्युजिक भिडियो”पियारी”लाईमलाईट नेपालको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको थियो । देबेन्द्र कुँवरको निर्देशनमा बनेको भिडियोमा प्रकाश चन्दसंगै मेरी बास्सैकी कलाकार सरस्वति फुयालले अभिनय गरेकि छन् भने भिडियो चक्र बरालले छायाँकन गरेको म्युजिक भिडियो टेकेन्द्र शाहले सम्पादन गरेका थिए ।
हेर्नुहोस भिडियो :

    Comment Here!