बिहानै २ वा ४ केस्रा काँचो लसुन नियमित रुपमा खानुको यस्तो छ फाइदा

२१ साउन,काठमाडौं-लसुनले थुप्रै रोगहरुबाट बचाउँछ । बिहान सबेरै लसुनको सेवन गुणकारी मानिन्छ । खाली पेटमा दुई वा चार केस्रा लसुनको से,वनले मधुमेह, जोर्नी दु,खाई जस्ता समस्यामा आराम हुन्छ । यतिमात्र होइन लसुनले रोग प्रतिरोधा,त्मक क्षमता पनि वृ,द्धि गर्छ । लसुनमा थुप्रै गुणहरु हुन्छन् । यसले शरीरलाई निरोगी राख्न सहयोग पुर्याउँछ र शरीरलाई उर्जा पनि प्रदान गर्छ । बिहानै २ वा ४ केस्रा काँचो लसुन नियमित रुपमा खाँदा जोर्नीहरु दुख्ने समस्याबाट आराम मिल्ने आयुर्वेदिक विशेषज्ञहरुले बताएका छन् । यसैगरी, रगतमा चिनीको मात्रासमेत नियन्त्रण गर्ने भएकाले मधुमेहका विरा,मीका लागि राहत मिल्छ ।

यसैगरी, लसुनको सेवनले छालासम्बन्धी समस्याहरुबाट पनि छुटकारा मिल्छ । यसले ‘फङ्गल इन्फेक्शन’ बाट बचाउँछ । लसुन पेटमा ग्यास भरिने समस्या, कब्जियत, उच्च रक्तचाप, रु,घाखोकी, दम, निमोनिया र ब्रोन्काइटिस जस्ता समस्याहरुका लागि निकै फाइदाजनक हुन्छ । यति मात्र होइन, कुन रोगका बिरामीले कसरी लसुन से,वन गर्ने भन्ने विधि थाहा भएको खण्डमा यसले मानिसको शरीरलाई निकै फाइदा पुर्याउँछ । कानमा दुखेमा तोरीको तेलमा लसुनको केस्रो हल्का तातो बनाएर कानमा राख्दा आराम मिल्छ ।

यसैगरी, नसाको वि,रामीहरुका लागि दुधमा लसुन उमोलेर पिउँदा नसा कमजोर हुँदैन । लसुनले रक्तस,ञ्चार नियन्त्रण गर्छ । त्यसैले उच्च रक्त,चापका वि,रामीले खानी पे,टमा लुसन खानुपर्छ ।

    Comment Here!